चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न

home-plan

काठमाडौँ, १५ माघ २०७९
चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ । शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शिर्षकमा संचालित कार्यशालामा काठमाडौँ र काठमाडौँ बाहिरका सय बढी पत्रकारले सहभागीता जनाएका थिए ।
काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा संचालित कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, बिकास रौनियार, के.पि. ढुंगाना, बिष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, बिदुर गिरी, बिजयरत्न तुलाधर र डब्बु क्षेत्रीले पत्रकार आचारसंहिता, समाचार लेखन शैली, चलचित्र पत्रकारिताको इतिहास, विश्च सिनेमाको इतिहास, फोटोपत्रकारिता, साइबर क्राईम, भिडियो कथ्य शैली, प्रस्तोता तथा चलचित्र पत्रकारिताको महत्व लगायतका शिर्षकहरुमा कक्षा संचालन भएका थिए ।


प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुसालले कार्यशालाको क्रममा यसको महत्वबारे चर्चा गरे । “अहिले विधागत पत्रकारितामा चलचित्र पत्रकरितामा समस्या पनि उत्तिकै सुनिन्छन्”, उनले भने,“यस्ता कार्यशालाले स्वनियमन गर्न मदत गर्छ ।” संचारकर्मी, लेखक तथा निर्देशक प्रकाश सायमीले चलचित्रको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न चलचित्र बुझ्नु आवश्यक रहेको बताए । “कथा भन्ने शैलीमा परिवर्तन आइरहेका छन् । त्यसैले मेकर्सझैँ समीक्षक पनि चनाखो हुनु जरुरी छ”, उनले भने ।
‘कार्यशालामा पत्रकार कृष्ण भट्टराईले चलचित्रलाई बिट बनाएर काम गरिरहेका पत्रकारहरुले यो क्षेत्रमा देखिएका समस्या, विकृतीदेखि सफलताका विषयहरुमा गहन रिर्पोटिङको आवश्यकता औंल्याउँदै मनोरञ्जन पत्रकारितालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।’