नेपाल पत्रकार महासंघको प्रदेश स्तरिय अधिवेशन यहि मिति २०७५ साल बैशाख २२ गते हुने भएकोले चलचित्र पत्रकार संघ, नेपालको सदस्यता लिएका पत्रकारज्युहरुले यहि मिति २०७४ साल चैत्र २५ गते अगावै महासंघ सदस्यता नविकरण बापत रु. ७५०/- र बार्षिक आन्तरिक नविकरण बापत रु. ५००/- सहित आफ्नो सदस्यता अनिवार्य रुपमा नविकरण गर्नुहुन चलचित्र पत्रकार संघ, नेपालसँग आवद्ध सम्पुर्ण सदस्यज्यूहरुमा सुचना जारी गरिएको छ। तोकिएको समय बाहिर नविकरण नहुने र महासंघको अधिवेशनमा सहभागी हुन नपाउने पनि यसै सुचनाद्वारा जानकारी गराईन्छ। साथै, प्रेस काउन्सिल नेपालले अनिवार्य गरेको पत्रकार दुर्घटना बीमाको समय अवधि २०७४ चैत्र २५ सम्म भएकाले ईच्छुक सदस्य पत्रकारले सुचना विभागको परिचय पत्र सहित सम्पर्क राख्नहुन सुचित गरिन्छ।
नेपाल पत्रकार महासंघले जारी गरेको नयाँ प्रावधान अनुसार बार्षिक रुपमा महासंघको सदस्यता नविकरण अनिवार्य रुपमा गर्नुपर्नेछ। अन्यथा साविकको सदस्यता खारेज भई नयाँ सदस्यता लिनुपर्ने जनाईएको छ।
चलचित्र पत्रकार संघ, नेपाल
अनामनगर, काठमाण्डौ।
सम्पर्क:
जिवन कुमार पराजुली, सह-कोषाध्यक्ष
फोन: ९८५११९४७५५